मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘उपभोक्ताले सहजै पाउँदैनन् काठ’

ratopati.com · Tue Apr 14 23:01:25 GMT 2026

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१, सुख्खडकी विमला बुढाथोकीको घरछेउमै सामुदायिक वन छ । उनी उक्त वनको सदस्य पनि हुन् । त्यसैले पनि उनलाई नयाँ घर निर्माण गर्दा काठ पाउनका लागि समस्या नहोला भन्ने लागेको रहेछ । निर्माण सुरु भएपछि भने उनले सोचे जस्तो भएन ।

घरछेउमै सामुदायिक वन हुँदा पनि आफूले झ्याल–ढोकाका लागि आवश्यक काठ पनि सहज रूपमा नपाएको गुनासो गर्दै बुढाथोकी भन्छिन “आफू सदस्य रहेको वनमा काठ छ, त्यसैले समस्या नहोला भन्ने ठानेकी थिए, तर निकै झन्झटिलो हुँदो रहेछ, त्यसैले महँगो मूल्य तिरेर सःमिलबाट काठ ल्याउनुपर्‍यो ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)