मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंकरमा बित्दैछ युक्रेनी राष्ट्रपति जेलेन्स्कीका दिन !

kharibot.com · Sun Apr 03 23:50:00 GMT 2022

काठमाडौँ । युक्रेनमाथि रुसको आक्रमण पाँच साताभन्दा बढीदेखि जारी रहेको छ । रुसले युक्रेनमा आक्रमण गरेदेखि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका शत्रुको सूचीमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की शीर्ष स्थानमा छन् । राष्ट्रपति जेलेन्स्कीको जीवन निरन्तर खतरामा छ । युद्ध सुरु भएदेखि नै उनी बंकरमा बस्दै आएका छन् । रातमा दुई घण्टा मात्र सुत्छन् र तीन चार दिनमा एकपटक बंकरबाट बाहिर निस्किन्छन् । उनको परिवार उनीबाट टाढा कतै बंकरमा लुकेको छ । ओलोन जेलेन्स्की, ४४ वर्षीया जेलेन्स्कीकी पत्नी, हरेक दिन आफ्नो पतिको सुरक्षाको लागि प्रार्थना गर्छिन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आफ्नो अधिकांश समय बंकरमा बिताउँछन् । डेली मेलको एक रिपोर्टका अनुसार युक्रेनमा रुसी सेनाको आक्रमण जारी छ । एक महिनाभन्दा बढी समयदेखि राष्ट्रपति जेलेन्स्की मात्र दुई घण्टा सुत्ने गर्दछन् । हरेक तीन-चार दिनमा, उनी बंकरबाट बाहिर आउछन् । राष्ट्रपति जेलेन्स्कीको परिवार पनि रुसको धम्कीबाट टाढा युक्रेनको बंकरमा लुकेर बसेको बताइएको छ । राष्ट्रपति जेलेन्स्कीकी श्रीमती र छोराछोरी पनि रुसी आक्रमणकारीबाट जोखिममा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)