मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा ज्यान गुमाउने १० नेपाली विद्यार्थी

deshsanchar.com · Sun Oct 08 18:19:44 GMT 2023

काठमाडौँ- प्यालेस्टाइन र इजरायलबीचको भीषण युद्धमा १० जना नेपाली विद्यार्थीहरुको ज्यान गुमेको पुष्टि भएको छ। बम आक्रमणमा ज्यान गुमाउने १० जना नेपाली विद्यार्थी रहेको इजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

बम आक्रमणमा ज्यान गुमाउनेमा कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, बझाङ जयपृथ्वी- ६ का गणेशकुमार नेपाली, कैलाली बउनिया-३ का आशिष चौधरी, दार्चुला लेकम-५ का दीपेशराज बिष्ट छन्। त्यस्तै,, धनुषा सपही-६ का आनन्द शाह, सुनसरी मधुवनका राजेशकुमार सर्वांकर, डोटी पचनली ३ का राजन फुलरा, लमिखाल ८ का पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्रसिंह धामीको बम आक्रमणमा परी ज्यान गुमेको नेपाली दूतावासले जानकारी दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)