मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

ekantipur.com · Sat Jan 08 01:13:15 GMT 2022

काठमाडौँ — सरकारले कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो निर्देशन दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले पनि मुलुकमा उपलब्ध तथ्यांकका आधारमा ओमिक्रोनका कारण अत्यधिक बिरामी बढ्न सक्ने सम्भावना रहेकाले सबैलाई सजग रहन आग्रह गरेका छन् । बैठकले ओमिक्रोन भेरिएन्टका कारण हुन सक्ने चापलाई मध्यनजर गर्दै देशभरको स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने, अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन चुस्तदुरुस्त राख्ने निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)