मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गन्धमुक्त हुँदै बाम्का बजार

gorkhapatraonline.com · Fri Jun 05 03:43:26 GMT 2026

बाजुराको बुढीगङ्गा नगरपालिका–६ मा रहेको बाम्का बजार लामो समयपछि दुर्गन्धमुक्त भएको छ ।

जथाभाबी दिसापिसाब र फोहोरमैलाले यो बजार लामो समयदेखि दुर्गन्धित बन्दै गएको थियो । अहिले भने बाम्का बजार व्यवस्थापन समितिले बजारको फोहोर व्यवस्थापन गर्न थालेसँगै बजार दुर्गन्धमुक्त बन्दै गएको हो । बजार व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र गिरीले भन्नुभयो, “अहिले बजारको फोहोर व्यवस्थापनमा सुधार भएको छ । बजारका ठाउँ ठाउँमा डस्टबिन राखिएका छन् । नगरपालिकाको आर्थिक सहयोगमा राम्रो शौचालय निर्माण भएपछि पहिले जस्तो दुर्गन्ध छैन ।”

उहाँका अनुसार बाम्का बाजुराकै मुख्य बजारका रूपमा रहँदै आएको छ । यो बाजुरा प्रवेशको मूलद्वार पनि मानिन्छ । बाजुराका विभिन्न ठाउँमा जाने सवारीसाधन यही बजार हुँदै आउने जाने गर्छन् । बाजुराको तल्लो क्षेत्रमा रहेको यो बजार त्रिवेणी, बुढीगङ्गा र खप्तडछेडेदहलगायतका स्थानीयलाई दैनिक उपभोग्य खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिदबिक्रीका लागि मुख्य बजारका रूपमा रहँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)