पोखरामा कांग्रेसका बागीको उम्मेदवारी फिर्ता, गठबन्धनलाई सघाउने
saralpatrika.com · Mon May 09 16:24:00 GMT 2022
पोखरा । पोखरा महानगरपालिकामा मेयर पदमा बागी उम्मेदवारी दिएका काँग्रेस नेता विमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका छन्। पार्टीले पोखराको मेयर गठबन्धन दलमध्येको एकीकृत समाजवादीलाई दिएपछि उनले असहमति जनाउँदै मेयरमा उम्मेदवारी दर्ता गराएर चुनावी प्रचार–प्रसारमा जुट्दै आएका थिए ।
कार्कीले उम्मेदवारी फिर्ता लिएर गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार बनेका धनराज आचार्य र कांग्रेसकी कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन् । कार्कीले सोमबार विज्ञप्ति जारी गरी पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन अनुसार आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)