सलमान खानले पत्रकारहरुलाई दिए कडा चेतावनी
kalakarmi.com · Wed May 20 10:07:05 GMT 2026

मुम्बई- बलिउड अभिनेता सलमान खानले अस्पताल परिसरमा फोटो खिच्ने पापाराजी पत्रकारहरूप्रति कडा आपत्ति जनाउँदै सार्वजनिक रूपमा चेतावनी दिएका छन् । हालै मुम्बईस्थित एक अस्पतालमा निजी भेटका लागि पुगेका बेला बाहिर निस्कने क्रममा उनी फोटोग्राफरहरूको घेराबन्दीमा परेपछि यो विवाद सुरु भएको हो ।
अस्पतालबाट बाहिर निस्कँदा फोटोग्राफरहरूले लगातार तस्बिर खिच्न थालेपछि सलमान आक्रोशित बनेका थिए । उनले अस्पताल जस्तो संवेदनशील स्थानमा यस्तो व्यवहार गर्नु अनुचित भएको भन्दै तत्कालै असन्तुष्टि व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)