मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी प्रदेश सभाको बैठक बिहीबार बस्दै

nepalpress.com · Wed May 20 10:02:19 GMT 2026

रूपन्देही । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक भोलि बिहीबार बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगर अनुसार सभामुखको निर्देशानुसार बैठक बिहीबार दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीस्थित प्रदेश सभा भवनमा बस्ने तय गरिएको हो ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम माननीय सदस्यहरूको जानकारीका लागि सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)