मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली करिडोरको धुलाचौरमा बन्द सडक सुचारु

gorkhapatraonline.com · Sat Jun 13 05:33:55 GMT 2026

कर्णाली करिडोरअन्तर्गत बाजुराको धुलाचौरमा अवरुद्ध गरिएको सडक सञ्चालनमा आएको छ। सडक बन्दका कारण हुम्ला आउने–जाने यात्रुहरू धुलाचौरमा अलपत्र परेपछि गृह मन्त्रालयको निर्देशनपछि बाजुराको जिल्ला प्रशासन कार्यालयले सडक सञ्चालनमा ल्याएको हो।

गत बुधबार राति १० बजेदेखि बन्द गरिएको कर्णाली करिडोरको बाजुरा खण्डस्थित धुलाचौर सडक शुक्रबारदेखि पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)