रुस-चीन ग्यास वार्ता अलपत्र
gorkhapatraonline.com · Wed May 20 10:13:43 GMT 2026

रुस र चीनबिच बहुचर्चित ‘पावर अफ साइबेरिया-२’ प्राकृतिक ग्यास पाइपलाइन परियोजनामा केही प्राविधिक प्रगति भए पनि अन्तिम सम्झौतामा पुग्न नसकेको क्रेमलिनले जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा भएको उच्चस्तरीय वार्तापछि पनि अर्बौ डलरको उक्त ऊर्जा परियोजना निष्कर्षविहीन बनेको हो ।
सन् २०२२ मा युक्रेनमाथि आक्रमणपछि पश्चिमी देशको प्रतिबन्धका कारण आर्थिकरूपमा चीनमाथि निर्भरता बढाएको रुसले लामो समयदेखि यो ग्यास पाइपलाइन अघि बढाउन दबाब दिँदै आएको छ । तर चीनले भने परियोजनाप्रति सावधानीपूर्ण र सीमित रुचि मात्र देखाउँदै आएको विश्लेषण गरिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै रुसी राज्य सञ्चारमाध्यमले जनाएअनुसार दुवै पक्षबिच पाइपलाइनको मार्ग र निर्माण प्रक्रियाबारे ‘आधारभूत समझदारी’ बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)