हानझाव एसियाडमा २९ खेलमा दुई सय ५३ खेलाडीले खेल्ने, प्रधानमन्त्री प्रचण्डले गरे बिदाइ
hamrakura.com · Thu Sep 14 00:00:00 GMT 2023
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालले टोलीलाई बिदाइ गरेका हुन् ।
केही खेलका खेलाडी वैदेशिक प्रशिक्षण र उपत्यका बाहिर प्रशिक्षणमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । आगामी सेप्टेम्बर २३ देखि चीनको हानझावमा हुने १९ औँ एसियाडमा कुल २९ खेलमा नेपालका दुई सय ५३ खेलाडी सहभागी हुँदै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)