एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
clickmandu.com · Fri Mar 07 16:52:02 GMT 2025

काठमाडौं । एनएमबी बैंककाे प्रमुख कार्यकारी अधिकृतमा गाेविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेकाे बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षकाे लागि बैंककाे प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे ।
बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा कार्यरत घिमिरेलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी दिने भएकाे हाे । हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीकाे ४ /४ वर्षकाे २ कार्यकाल पूरा गरि यही फागुन मसान्तमा सकिँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)