कांग्रेस महाधिवेशन : ३०० मत गणना हुँदा देउवाको ५० मतको अग्रता
pahilopost.com · Tue Dec 14 18:42:30 GMT 2021
काठमाडौं : नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ। प्रारम्भिक नतिजा अनुसार ३०० मत गणना हुँदा शेरबहादुर देउवाको १७४ मत र शेखर कोइरालाको १२४ मत आएको छ।
राति साढे ९ बजे सकिएको निर्वाचनको मतगणना साढे ११ बजे शुरु भएको हो। मतदानमा मतपेटिकाका रुपमा प्रयोग भएका तीनवटा पानी ट्याङ्कीलाई तीन छुट्टाछुट्टै स्थानमा राखेर मतगणना भइरहेको छ। मतगणनाको अन्तिम परिणाम बुधवार बिहानसम्म आउने निर्वाचन समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)