सुर्खेतबाट नेपालगन्ज आउँदै गरेको हाइस दुर्घटनामा एक जनाको मृत्यु, २५ घाइते
nepalpress.com · Thu Jan 11 17:02:19 GMT 2024
रुपन्देही । सुर्खेतबाट नेपालगन्जतर्फ आइरहेको हाइस गाडी कोहलपुर सुर्खेत सडकखण्डअन्तर्गत बबईमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
सुर्खेतबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख ३६३० नम्बरको गाडी सुर्खेत भेरिगंगा नगरपालिका वडा नम्बर ५ बबई नजिकै अनियन्त्रित भई विहीबार बेलुका पल्टेर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका ११ विजयनगर बस्ने वर्ष २३ का रोशन चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)