मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ढोरपाटनमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

gorkhapatraonline.com · Sat Jun 13 05:48:23 GMT 2026

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बोबाङदेखि सालझण्डी–ढोरपाटन सडक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग १ त ६९८० नम्बरको ट्याक्टर प्याङखोलामा राति १ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी जानकारी दिनुभयो । बिहान शवलाई भिरबाट निकालिएको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)