एआईको सहयोगमा तयार भिडियो ‘मेरो नेपाल’ सार्वजनिक
nepalpress.com · Sat Jun 13 05:47:06 GMT 2026

काठमाडौं । गायक ओजभिन जिन गुरुङको स्वर रहेको देशभक्ति गीत ‘मेरो नेपाल’ सार्वजनिक गरिएको छ। गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोलाई एआईको प्रयोगमार्फत आकर्षक बनाउने प्रयास गरिएको छ ।
बाल गायक ओजभिनले यसअघि २०२६ मा मास्टर नेपाल जुनियरको अवार्ड जितेका थिए । गीतमा शब्द तथा संगीत सुरेश राईको रहेको छ। गीतको अवधारणा गोविन्द गुरुङले तयार गरेका हुन्। म्युजिक भिडियोको निर्देशन, सम्पादन तथा निर्माण निरञ्जन पाण्डेयले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)