सेफ सन्तोष साह महोत्तरीबाट पक्राउ, काठमाडौँ ल्याइयो
hamrakura.com · Sat Jun 13 00:00:00 GMT 2026
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष प्रहरी टोलीले चेक अनादर (बाउन्स) तथा ठगी कसुरमा चर्चित सेफ सन्तोष साहलाई पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौँको अनुमतिमा प्रहरीले साहलाई गए राति महोत्तरीबाट नियन्त्रणमा लिएको हो। पक्राउ गरिएका साहलाई आज (शुक्रबार) काठमाडौँ ल्याइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सरतकुमार थापाक्षेत्रीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)