अन्तर्राष्ट्रिय फुटबलबाट विशालको संन्यास घोषणा
ekantipur.com · Fri Dec 22 17:01:21 GMT 2023
हिमेश — साँच्चै बैंग्लोरमा पछिल्लो साफ च्याम्पियनसिपकै बेला सुनिएको थियो, सायद विशाल श्रेष्ठले नेपालका लागि अन्तिम पटक खेल्दै छ र संन्यास लिनेछन् । कुवेत र भारतविरुद्धको खेल गुमाइसकेपछि पाकिस्तानविरुद्ध उनलाई बिदाइ दिने अवसर थियो नै । फेरि पूरा खेल खेलाउन पनि आवश्यक थिएन, अन्तिम केही मिनेट पनि पर्याप्त थियो । तर किन हो यस्तो हुँदै भएन । पछि भित्री कारण त ‘यो हो..’ भनेर केहीले सुनाए । तर, यो लेखिरहनु ठीक थिएन ।
उनै विशालले शुक्रबार नेपाल सुपर लिगमा एफसी चितवनबाट अन्तिम खेल खेलेपछि मिडियासामु अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरे । झापा एफसीविरुद्ध ‘प्लेयर अफ द म्याच’ चुनिएपछि उनी पोस्टम्याच कन्फ्रेन्समा आए । सायद उनको पूर्वयोजना नै थियो अनि एकाएक आफूले नेपाली राष्ट्रिय टोलीबाट अबदेखि नखेल्ने निर्णय सुनाए । उनले केही नभए पनि दुई दशक जतिको समय घरेलु फुटबलमा बिताए । राष्ट्रिय टिमसँगै जोडिएको पनि एक दशकभन्दा बढी भइसकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)