तोलामा ५०० रुपैयाँ घट्यो सुनको भाउ
himalpress.com · Sun Nov 10 05:37:31 UTC 2024
काठमाडौँ- सुनचाँदीको मूल्य आज पनि घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भएको थियो। अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ घटेको छ। त्यसैको प्रभाव नेपालमा परेको सुनचाँदी व्यवसायी बताउँछन्।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)