शान्ति बोर्डको सुरक्षा परिषद्मा आग्रह
gorkhapatraonline.com · Wed May 20 10:25:48 GMT 2026

गाजामा अमेरिका-प्रायोजित युद्धविरामको अनुगमन गर्ने ‘शान्ति बोर्ड’ ले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई हमासलाई निशस्त्र बनाउन दबाब दिन आग्रह गर्ने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा स्थापना गरिएको उक्त निकायले युद्धविरामको पूर्ण कार्यान्वयनका लागि हमासको सैन्य संरचना विघटन आवश्यक रहेको निष्कर्षसहित प्रतिवेदन प्रस्तुत गर्ने भएको हो ।
सुरक्षा परिषद्ले बिहीबार मध्यपूर्वको अवस्थाबारे छलफल गर्ने तयारी गरिरहँदा शान्ति बोर्डको प्रतिवेदन प्रमुख एजेन्डामध्ये एक बन्ने अपेक्षा गरिएको छ । गोप्य प्रतिवेदनमा हमासले हतियार त्याग्न अस्वीकार गर्नु, नियन्त्रण छोड्न नमान्नु र गाजामा नागरिक प्रशासनलाई सहज बनाउन नचाहनु वर्तमान गतिरोधको मुख्य कारण भएको उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)