भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्टमा पहिलो दिन नै २३ विकेट पतन
Ujyaaloonline.com · Thu Jan 04 00:54:27 GMT 2024
काठमाण्डाै - भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट खेलमा पहिलो दिन नै कुल २३ विकेट गुमेको छ । बलर चम्किएको खेलमा पहिलो दिनको समाप्तिमा दक्षिण अफ्रिकाले दोस्रो पारीमा तीन विकेट गुमाएर ६२ रन जोडेको छ।
दक्षिण अफ्रिका अझै पनि ३६ रनले पछि छ । पहिलो दिन नै दुवै टोली अलआउट भएपछि दोस्रो पारीको खेल शुरु भएको हो । भारतले पहिलो पारीमा ९८ रनको अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका एडेन माक्ररम ५१ बलमा ६ चौकासहित सर्वाधिक ३६ रनमा र डेविड वेडिङ्घम ७ रनमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)