विराटनगरको बालसुधार गृहमा झडप, पाँच जना घाइते
ratopati.com · Fri Mar 07 17:04:00 GMT 2025

विराटनगर । बालसुधार गृह विराटनगरभित्रै झडप हुँदा पाँच जना घाइते भएका छन् । शुक्रवार भएको समूहगत भनाभन झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको हो ।
झडपमा घाइते भएकाहरूको कोसी अस्पतालमा उपचार भइरहेको छ । दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ । झडपपछि सुधार गृहमा सुरक्षा सतर्कता बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)