मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

तनहुँको ऐनापहरामा आधुनिक पार्क निर्माण शुरु

hamrakura.com · Thu Dec 22 00:00:00 GMT 2022

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीयस्थल ऐनापहरामा आधुनिक पार्क निर्माण गर्न थालिएको छ । पृथ्वीराजमार्गको नजिकै रहेको ऐनापहरालाई थप व्यवस्थित बनाउन गाउँपालिकाले पार्क निर्माण शुरु गरेको हो ।

आँबुखैरेनी गाउँपालिका-२ र ४ को सिमानामा निर्माण गरिने पार्क मङ्गलबार गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिलान्यास गरे । ऐनापहराको वरपर रहेका चट्टानमा आकर्षक देवीदेवताको मूर्ति निर्माण गर्न थालिएको उनको भनाइ थियो । पार्क निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)