कर्मचारी सरुवा भएपछि नागरिकता वितरण ठप्प
gorkhapatraonline.com · Wed Sep 13 06:42:43 GMT 2023
जुम्ला समाचारदाता
जुम्ला, भदौ २७ गते । कर्मचारी नहुँदा जुम्लाको इलाका प्रशासन कार्यालय, नराकोट, सिँजामा नागरिकता वितरण कार्य ठप्प भएको छ। प्रशासन कार्यालयका कर्मचारी अन्यत्रै सरुवा भई गएपछि सिँजा क्षेत्रको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकावासी नागरिकता लिनबाट वञ्चित भएका छन्। सो गाउँलाई लक्ष्य गरी स्थापना गरिएको इलाका प्रशासनले नागरिकता वितरण सुरु गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)