जग्गा विवादमा कुटिएका वृद्धको उपचारकै क्रममा मृत्यु
nepalpress.com · Sat Jun 13 06:10:03 GMT 2026
काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–९ मा जग्गा विवादका कारण भएको कुटपिट घटनामा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
२२ गते राति १० बजे गोडैता–९ निवासी करिब ७० वर्षीय अहमिद मंसुरलाई सोही स्थानका श्रीचन महतो, उनका छोरा सुशील महतो तथा रमजान मंसुरले जग्गा सम्बन्धी विवादका क्रममा कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर घाइते भएका मंसुरलाई उपचारका लागि मलंगवास्थित म्याक्स अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बिहान ७ बजे उनको मृत्यु भएको हो ।
घटनामा संलग्न रमजान मंसुरलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको छ । फरार श्रीचन महतो र सुशील महतोको खोजतलास भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ