मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोनाको संघर्षपूर्ण जित, एटलेटिको मड्रिड बराबरीमा रोकियो

pahilopost.com · Mon Aug 30 01:01:01 GMT 2021

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेमाथि जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले गेटाफेमाथि २-० गोलअन्तरले जित निकालेको हो।

खेलको दोस्रो मिनेटमै जोर्डी अल्बाको पासमा सर्जि रोबर्टोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर १८ औं मिनेटमा गेटाफेका सान्ड्रो रमिरेजले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। तर ३० औं मिनेटमा बार्सलोनाले फेरि खेलमा अग्रता बनायो। यसपटक फ्रान्क डी जोङको पासमा मेम्फिस डिपेले गोल गरेका थियो। उनको गोलमा पहिलो हाफमै बार्सिलोना २-१ ले अघि रह्यो। दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा बार्सिलोनाले खेल आफ्नो पक्षमा पार्‍यो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)