बैंक तथा वित्तीय संस्था र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच सम्झौता
deshsanchar.com · Fri Mar 07 17:15:18 GMT 2025

काठमाडाैँ – लक्ष्मी सन्राइज बैंकको अगुवाइमा बैंक तथा वित्तीय संस्था र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच सम्झौता भएकाे छ। लक्ष्मी सन्राइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच सो कम्पनीले मुस्ताङ्ग तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मे.वा. क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेकाे हाे।
सो आयोजनाको कुल लागत रु. ३९ अर्ब ५० करोड २४ लाख रहेको छ। यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)