‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
baahrakhari.com · Tue May 27 18:06:59 GMT 2025

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । मंगलबार (जेठ १३) गोरखाको भीमसेन थापा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले गणतन्त्रपछि केही भएन भन्नेहरूले यसअघिको अवस्थालाई राम्रोसँग बुझ्न सक्नुपर्नेमा जोड दिए ।
“केही राजनीतिक कारणले गर्दा जति हुनुपर्थ्यो त्यति भएन नै होला, जति हुनसक्थ्यो त्यति पनि भएन होला,” उनले भने, “तर, केही भएन भनेर भाष्य निर्माण गर्न खोजेर केही प्रतिगामीले राजतन्त्रको कुरा गरेका छन्, त्यो हामीले बुझ्नुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)