हाङचउ एसियाली खेलकुद : पदक नजिक पुगेर विप्लवलाल पराजित
ekantipur.com · Fri Oct 06 16:43:47 GMT 2023
हाङचउ — नेपाली कराते खेलाडी विप्लवलाल श्रेष्ठ शुक्रबार हाङचउ एसियाली खेलकुदमा कांस्य पदक जित्नबाट चुकेका छन् ।
लिनपिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा भएको पुरुष ८४ केजीमाथि तौलको कांस्य पदक भिडन्तमा विप्लव साउदी अरबियाका तारेग अली एम हामेदीसँग अंकका आधारमा ९–१ ले पराजित भए । त्यसअघि १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी विप्लवले ताजकिस्तानका उमेद साफारोभलाई १२–४ ले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)