क्यानडा लैजाने भन्दै रकम ठगी गर्ने विक पक्राउ
ratopati.com · Thu Nov 20 17:40:00 GMT 2025

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै रु छ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–९ घर भई हाल ललितपुर–३ बस्ने २० वर्षीय आसमान विक रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, “वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै रु छ लाख रकम लिई लामो समयसम्म झुक्यानमा राखी क्यानडा नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)