एमालेमा सुरु भयो ओली-पोखरेल प्रतिस्पर्धा
onlinekhabar.com · Thu Nov 20 17:48:07 GMT 2025

४ मंसिर, काठमाडौ । नेकपा एमालेको एघारौं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्काजस्तै भएको छ ।
महाधिवेशन तयारीका निम्ति उपसमितिहरू गठन गर्ने मुख्य एजेण्डा रहेको आजको सचिवालय बैठकमा नेताहरूले लिएको अडानले सर्वसम्मत नेतृत्व चयनको सम्भावना लगभग सकिएको हो । ‘केपी ओलीले अध्यक्ष छोड्न सकिन्नँ भन्नुभयो, ईश्वर पोखरेलले म प्रतिस्पर्धा गर्छु, र परिणाम स्वीकार्छु भन्नुभयो,’ एक पदाधिकारी भन्छन्, ‘आजको बैठकपछि अब औपचारिक रुपमै नेतृत्वको संघर्ष सुरु भयो ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)