मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कामपाले दियो खड्गी समुदायका गुठीलाई ४७ लाख

ratopati.com · Thu Jan 26 22:55:00 GMT 2023

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाल खड्गी सेवा समितिअन्तर्गतका ४७ बाजाखल तथा गुठीलाई रु ४७ लाख अनुदान रकम उपलब्ध गराएको छ । कामपाले आज यहाँ आयोजना गरेको अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि नेपाल खड्गी सेवा समिति अन्तर्गत ४७ गुठी तथा खललाई रु एक लाखका दरले रकम उपलब्ध गराइएको हो ।

आज रकम प्राप्त गर्ने गुठीमा चन्द्र लखु अजिमा गुठी, इन्द्रायणी गुठी, रुद्र विनायकनायखिं गणेद्य खलः, पचली भैरव चिधं गुठी, शान्ति सुरक्षा गुठी, रामनाम गुठी, कंगअजिमातःगुठी, शान्तनायः खिं बाजं खलः, नायः खिं बाजं खलः, कंगअजिमानायः खिं, सिपाइँनायःगुठी, पुन हिटी गुठी, योमरीपुन्ही गुठी, दफ्तर नायः खिं बाजं खलः, ईन्द्रायणी गुठी, ईन्द्रायणी सना गुठी, ईन्द्रायणी गुठी समाज, भद्रकाली गुठी, ईन्द्रायणी गुठी, भद्रकाली गुठी खलः, भद्रकालीनायोखिंं बाजँखलः समिति रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)