वर्षा गत वर्षको भन्दा कम, क्षति बढी : मनसुनमा बाढीपहिरो र चट्याङबाट १७८ को मृत्यु
nayapatrikadaily.com · Sun Oct 16 00:05:00 GMT 2022
बाढीले १९ को ज्यान गयो : यसपालि बाढीका ५३ घटनाबाट ३१ जिल्ला प्रभावित भए । १५ बेपत्ता हुँदा १७ जना घाइते भए । १३ घर आंशिक र ५८ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् ।
पहिरो, भारी वर्षाले ९५ को मृत्यु : ६० जिल्लामा पहिरोका ३१० घटना हुँदा १८ बेपत्ता भएका छन् भने ७९ जना घाइते भए । ८७७ घर आंशिक र ४६५ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । त्यस्तै, भारी वर्षा (वर्षाका कारण घरलगायत संरचना भत्किँदा)मा १५ जना घाइते भएको आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ । यी घटनामा ७६ घर आंशिक र ८३ घर पूर्ण क्षतिग्रस्त बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)