पोर्चुगल एक खेल अगावै अन्तिम-१६ मा, उरुग्वेको सम्भावना कठिन
baahrakhari.com · Tue Nov 29 00:06:00 GMT 2022
काठमाडौं । ब्रुनो फर्नान्डेजको दुई गोलमा सोमबार उरुग्वेलाई २-० ले पराजित गर्दै समूह 'एच' बाट पोर्चुगलले अन्तिम खेल अगावै प्री-क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । पोर्चुगलसँगको हारसनँगै दुई पटकको विजेता उरुग्वेको सम्भावना भने कठिन बनेको छ ।
कतारको लुसैल रंगशालामा भएको खेलमा फर्नान्डेजले ५४औं मिनेटमा गरेको गोलबाट पोर्चुगलले अग्रता बनाएको थियो । यस्तै इन्जुरी टाइममा प्राप्त पेनाल्टीमा फर्नान्डेजले नै गोल गरेपछि पोर्चुगलले २-० को जितसहित अन्तिम खेल अगावै प्री-क्वार्टरफाइनलमा स्थान पक्का गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)