मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘जेन–जी डाक्टरलाई न्याय दे’ भन्दै माइतीघरमा चिकित्सकको प्रदर्शन

shilapatra.com · Sat Jun 13 06:10:00 GMT 2026

विभिन्न सातबुँदे माग राख्दै प्रशिक्षार्थी तथा युवा चिकित्सकहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिकित्सकहरूले ‘जेन–जी सरकार, जेन–जी डाक्टरलाई न्याय दे’ भन्ने नारासहित माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनकारी चिकित्सकहरूले श्रम अधिकार, तलब–सुविधा, अध्ययन व्यवस्था तथा कार्यस्थलको वातावरण सुधार गर्न माग गरेका छन् । हाल प्रशिक्षार्थी चिकित्सकमाथि अत्यधिक कार्यबोझ र श्रम शोषण भइरहेको आरोप लगाउँदै श्रम ऐनअनुसार कार्यसमय निर्धारण गर्न उनीहरूले माग गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)