जुम्लामा भालुको आक्रमणबाट एक युवक घाइते
nepalviews.com · Wed May 20 10:58:44 GMT 2026

मुगु । जुम्लामा भालुको आक्रमणबाट एक युवक घाइते भएका छन् । घाइते हुनेमा गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढा रहेका छन् । बुढालाई बुधबार बिहान जङ्गली भालुले आक्रमण गरेको हो ।
प्रहरीका अनुसार बिहान सरचिन सोही वडाको छल्लाटिया खोलास्थित राष्ट्रिय जङ्गल क्षेत्रमा भेडा–बाख्रा चराइरहेका थिए। त्यही क्रममा जङ्गलबाट निस्किएको भालुले एक्कासि उनीमाथि आक्रमण गरेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)