मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हाजिर हुन नआएका २२ जना प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन सूचना

ratopati.com · Wed Sep 27 06:41:00 GMT 2023

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि सम्पर्कमा नआएका २२ जना प्रहरीलाई हाजिर हुन आउने बारे सूचना प्रकाशित गरेको छ ।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)