सबै श्रमिकहरूको मुक्ति र न्यायको वकालत श्रम संस्कृतिले गर्छ- सुदन किराती
nepalpress.com · Sat Jun 13 06:30:22 GMT 2026

काठमाडौं। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पृथ्वीका सबै श्रमिकहरूको मुक्ति, स्वतन्त्रता र न्यायको वकालत र अगुवाइ श्रम संस्कृति पार्टीले गर्ने बताएका छन् । साथै अध्यक्ष हर्क साम्पाङले सुरुवात गरेको श्रमको शीर कहिल्यै झुक्न नदिने बताएका छन् ।
धरानस्थित विजयपुरमा सम्पन्न श्रमदान कार्यक्रममा सहभागी हुँदै किरातीले श्रम संस्कृति पार्टीको आत्मा र पहिचान नै श्रम भएको बताए । उनले भने, ‘दार्चुलाको दुम्लिङमा झोलुङ्गे पुल निर्माण गरिरहेको होस् या देशभरि भौतिक तथा मानसिक श्रम गरिरहेको अर्थात् विदेशबाट हाम्रो पार्टीलाई माया गरेर तन, मन र धनले सहयोग गर्ने ती सबै महान् श्रमदाताहरूप्रति उच्च सम्मान छ ।’
औजार चलाउनेदेखि हवाइजहाज उडाउनेसम्म, कला संस्कृति कर्मीदेखि अनुसन्धान र आविष्कार गर्नेसम्म सबै श्रमिक भएको समेत उनले बताए । श्रमदान जस्तो पवित्र चिजलाई साँघुरो दृष्टिकोणबाट हेर्न नहुने समेत बताए । भविष्यमा आर्थिक सामाजिक रुपान्तरण गर्दै ईतिहास त्रुटीहरू पनि सच्याउँदै जाने बयाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
सुदन किराती