रुसमा श्रम स्वीकृति रोकिँदा बिचौलियाको चङ्गुलमा नेपाली श्रमिक, एनआरएन रुसको तत्काल हस्तक्षेप माग
ratopati.com · Thu Nov 20 17:57:00 GMT 2025

काठमाडौँ। नेपाल सरकारले रुसका लागि दिँदै आएको श्रम स्वीकृति बन्द गरेपछि वास्तविक रोजगारीका लागि रुस आउन चाहने नेपालीहरूले जोखिमपूर्ण बाटो रोज्न बाध्य हुने अवस्था तीव्र रूपमा बढेको गैर आवासीय नेपाली संघ रसियाले जनाएको छ।
एनआरएन रसियाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै श्रम स्वीकृति रोकिएसँगै बिचौलियाहरू सक्रिय बन्दै ‘एयरपोर्टसम्म सेटिङ’ को नाममा लाखौँ रकम असुल गर्दै आएको बताएको छ । संघका अनुसार केही श्रमिकले करिब १ लाख ८० हजार रुपैयाँ बुझाएर यस्तो अवैध प्रक्रिया अपनाउन बाध्य भएको तथ्य खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)