तयारीका लागि नेताहरुको नेतृत्वमा १३ उपसमिति गठन
gorkhapatraonline.com · Thu Nov 20 18:05:46 GMT 2025

नेकपा (एमाले) ले ११ औं महाधिवेशन सम्पन्न गर्न १३ वटा उपसमिति गठन गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले महाधिवेशन व्यवस्थापनका लागि महासचिव शंकर पोखरेल संयोजक रहेको तीन सदस्यीय उपसमिति गठन गरेको छ । जसको सचिवमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सदस्यमा सचिव योगेश भट्टराई रहनुभएको छ ।
बैठकले प्रतिनिधि व्यवस्थापन उपसमितिमा काशीनाथ अधिकारीलाई संयोजक र माधव ढुंगेललाई सचिव तय गरेको छ । उपसमितिको सदस्यहरुमा केन्द्रीय संगठन विभागका सबै सदस्यहरू रहनुभएको छ । कार्ड व्यवस्थापनका लागि आवश्यक प्राविधिकहरूमा महेन्द्र श्रेष्ठ र किरण माली सदस्य रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)