डाबर नेपालले ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानी गर्ने, उद्योगको क्षमता विस्तार र पुँजी वृद्धिमा रि–इन्भेष्टमेन्ट
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : डाबर नेपालले यहाँका उद्योगहरुमा थप लगानी (रि–इन्भेष्टमेन्ट) गर्ने भएकोछ । कम्पनीले ९ अर्ब ६८ करोड रुपैयाँ रि–इन्भेष्टमेन्ट गर्न लागेको हो । नेपालमा उद्योग विस्तार र पुँजी वृद्धिका लागि यो रकम खर्च हुने डाबर नेपालले जानकारी गराएको छ । यससम्बन्धी सम्झौतामा लगानी बोर्ड र डाबर नेपालबीच सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ ।समझदारीपत्रमा लगानी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट् र डाबर नेपालका बिजनेस हेड हरकिरत सिंह बेदीले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)