समानुपातिक परिणामः संघमा ७ र प्रदेशमा १३ दललाई सिट, कुन प्रदेशमा कसका सांसद कति?
pahilopost.com · Wed Dec 07 16:30:12 GMT 2022
काठमाडौंः निर्वाचन आयोगले समानुपातिक निर्वाचन तर्फको सिट बाँडफाँट गरेको छ। प्रतिनिधि सभाको ११० र प्रदेश सभाका २२० सदस्यको सिट बाँडफाँट गरेको हो। प्रतिनिधि सभामा सात राजनीतिक दलले समानुपातिक सिट पाएका छन्। तोकिएको ३ प्रतिशत मतको सीमा पारका गरेका दलहरुले सिट पाएका हुन्। जसमा सबैभन्दा बढी नेकपा (एमाले) ले ३४ सिट पाएको छ।
यस्तै प्रदेश सभाको पनि सिट वाँडफाँट भएको छ। प्राप्त सिट अनुसारको नामावली पठाउन राजनीतिक दलहरुलाई आयोगले तीन दिनको समय दिएको छ। नामावली पठाएपछि आवश्यक परीक्षण गरेर निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)