मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बस्तीमा आगलागी, चार घर पूर्ण रुपमा नष्ट

lokaantar.com · Mon Apr 10 23:53:37 GMT 2023

बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । आगलागीले बस्तीका चार घरमा पूर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामान्य क्षति भएको छ ।

आगलागीबाट दुईवटा बाख्रा र केही कुखुरा आगोमै जलेर मरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नंं ५ का अध्यक्ष टीकानाथ यादवले बताए । उनका अनुसार दिउँसोदेखि सुरु भएको आगलागी अघि बेलुका नियन्त्रणमा आएको छ । खरानीसँगै फालिएको आगोबाट आगलागी भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)