नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
ratopati.com · Sat Jul 04 16:22:36 GMT 2026

इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने कायक्रम रहेको इजरायली प्रधानमन्त्रीको कार्यालयले शुक्रबार जानकारी गराएको छ । उनीहरूबिच शुक्रबार नै टेलिफोन संवाद भएको थियो ।
प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार शुक्रबार भएको टेलिफोन संवादका क्रममा प्रधानमन्त्री नेतन्याहुले अमेरिका स्थापनाको २५० औँ बर्षगाँठको अवसरमा अमेरिकी जनता र राष्ट्रपति स्वयंलाई इजरायल र त्यहाँका नागरिकको तर्फबाट बधाइ दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
डोनाल्ड ट्रम्प