मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

चीनको बेइजिङमा १ सय ४० वर्षयताकै ठूलो मुसलधारे वर्षा, पाँच उद्धारकर्मीसहित ३८ जनाको ज्यान गयो

Ujyaaloonline.com · Thu Aug 10 01:01:33 GMT 2023

चीनको बेइजिङमा एक सय ४० वर्षयताकै ठूलो मुसलधारे वर्षा भएको छ । वर्षापछिको बाढी, डुबान र पहिरोमा परि कम्तीमा ३८ जनाको ज्यान गएको छ ।

उद्धार तथा राहतमा सहभागी पाँचसहित ३८ जनाको ज्यान गएको बेइजिङका उपमेयर जिया लिनमाओले जानकारी दिनुभएको छ । त्यहाँ १८ जना बेपत्ता छन् । बेइजिङमा एक सय ४० वर्षअघि रेकर्ड शुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो । वर्षाका कारण आएको बाढीले झण्डै १३ लाख मानिस प्रभावित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)