आज राति देशका यी स्थानमा हुनेछ भारी वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना
annapurnapost.com · Sat Jul 04 16:18:03 GMT 2026

काठमाडौं : आज राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ।
कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ
मौसम