भिभो वाई सिरिजका दुई नयाँ स्मार्टफोन वाई ११ डि र वाई २१ फाईव जी सार्वजनिक
ajakoartha.com · Wed May 20 11:10:00 GMT 2026

काठमाडौं- भिभोले नेपालमा आफ्नो वाई सिरिज अन्तर्गत दुई नयाँ स्मार्टफोन वाई ११ डि र वाई २१ फाईव जी सार्वजनिक गरेको छ । आधुनिक प्रयोगकर्ताहरूको परिवर्तनशील आवश्यकताहरू पुरा गर्न डिजाइन गरिएका यी दुई नयाँ स्मार्टफोनले उत्कृष्ट ब्याट्री क्षमता, स्मुथ प्रदर्शन, र आकर्षक डिजाइनको संयोजन प्रस्तुत गर्दै आ–आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गरेका छन् ।
दुवै स्मार्टफोनमा विशाल ६५०० एमएएच् ब्लूभोल्ट ब्याट्री समावेश गरिएको छ, जसले लामो समयसम्म भरपर्दो प्रयोग अनुभव प्रदान गर्छ । उच्च क्षमताको ब्याट्रीलाई थप प्रभावकारी बनाउन भिभोको ४४ वाट फ्ल्यासचार्ज प्रविधि प्रयोग गरिएको छ, जसमा २९ तहको सुरक्षा प्रणाली समावेश छ । यसले छिटो, सुरक्षित तथा प्रभावकारी चार्जिङ सुनिश्चित गर्दै प्रयोगकर्तालाई दिनभर सहज रूपमा कनेक्टेड राख्न मद्दत गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)