युक्रेनी रेल स्टेसनमा रकेट आक्रमण, कम्तीमा ४० जनाको मृत्यु
ekantipur.com · Fri Apr 08 16:48:02 GMT 2022
किभ — युक्रेनको डोनेत्स्कस्थित क्रामातोर्स्क रेल स्टेसनमा शुक्रबार गराइएको रकेट आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन् । अस्थायी यात्रु प्रतिक्षालयलाई लक्षित गरी रुसी सेनाले २ वटा रकेट प्रहार गरेको डोनेत्स्कका गभर्नर पाभ्लो किरिलेन्कोले बताएका छन् । उनका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ ।
स्थानीय समयअनुसार बिहान करिब ११ बजेतिर रेलमा रकेट आक्रमण भएको युक्रेनी रेल्वेका प्रमुख अलेक्सान्डर कामीसिनले टेलिग्राममा सूचना जारी गर्दै पुष्टि गरेका छन् । शहर छोड्न ठूलो संख्यामा यात्रु स्टेसनमा रेल कुरिररहेको अवस्थामा आक्रमण भएकाले ठूलो मानवीय क्षति भएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)