भिजिट भिसा प्रकरणः सडकदेखि सदनसम्म पराकम्प
rajdhanidaily.com · Tue May 27 22:55:24 GMT 2025
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग सडकदेखि सदनसम्म चर्को रूपमा उठेको छ । मंगलबार माइतीघरमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै नारा जुलुस हुँदैगर्दा प्रतिनिधिसभा बैठकमा समेत सोही विषयलाई लिएर नाराबाजी भएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक सुरु गरेपछि विपक्षी दलहरूका सांसदले उठेर विरोध जनाए । विपक्षी दलका सांसदहरूले निरन्तर विरोध गरिरहेपछि बैठक बुधबार बस्नेगरी स्थगित भयो । यसबीचमा सभामुख घिमिरेले मिलाउने प्रयास गर्दै सदन अगाडि बढाउन खोजे पनि सहमति हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)