मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहत तथा पुनःस्थपनामा जुट्न ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन

nepallive.com · Fri Jun 18 00:36:00 GMT 2021

काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीबाट भएको क्षतिबारे अध्ययन गरी राहत तथा पुनःस्थपनामा सहयोग गर्ने उद्देश्यले ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन गरिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा गठित समितिले तत्काल राहत तथा पुनःस्थपनाका क्षेत्रमा एकद्वार प्रणालीमार्फत काम गर्ने बताइएको छ। समितिले पहिलो चरणमा बाढीका कारण पीडामा परेका नागरिकलाई तत्काल राहत वितरण गर्ने प्रमुख तामाङले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)